Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

५० रुपैयाँको ४२ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीसँग सम्झौता

५० रुपैयाँको ४२ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीसँग सम्झौता


  • 589
    Shares

    ५० रुपैयाँको ४२ करोड थान नयाँ नोट छाप्दै  राष्ट्र बैंक, चिनियाँ कम्पनीसँग सम्झौता
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले यो दरका ४२ करोड थान नोट छपाइ गर्न चिनियाँ कम्पनी छनोट गरेको छ।

    केन्द्रीय बैंकले आह्वान गरेको बोलकबोलमा सबैभन्दा कम मूल्यमा बोल गरेको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको हो । 

    उक्त कम्पनीले ५० दरको नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्ने भएको छ । विभागका अनुसार उक्त कम्पनीले १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी डलर २१ सेन्टमा नोट छाप्ने सम्झौतामा हस्ताक्षर गरेको छ। 

    यसअघि यही कम्पनीलाई एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्न केन्द्रीय बैंकले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो। 

     

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १०:३६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij