२०८२ मंसिर २५ गते बिहिवार
काठमाडौं । गत हप्तामा लगातार दुई शक्तिशाली आँधीबाट फिलिपिन्समा मृत्यु हुनेको संख्या २ सय ५० पुगेको छ । लाखौं मानिसहरू विस्थापित भएको अधिकारीहरूले मंगलवार बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मंगलवार भनेको छ कि नोभेम्बर ४ मा आएको कालमेगी आँधीले मध्य फिलिपिन्समा ठूलो बाढी र पहिरो निम्त्याएको छ । जसमा २ सय ३२ जनाको मृत्यु भएको छ भने १ सय १२ जना बेपत्ता छन् । धेरैजसो मृत्यु सेबु प्रान्तमा भएको छ ।
जुन सेप्टेम्बर ३० मा गएको ६.९ म्याग्निच्युडको भूकम्पबाट अझै पनि पीडित छ । मंगलवार पनि नागरिक रक्षा कार्यालयले आईतवार लुजोन टापुमा ठोक्किएको सुपर टाइफुन फङ-वङले कम्तिमा १८ जनाको मृत्यु भएको बताएको छ ।
दुई आँधीले लाखौं बासिन्दाहरूलाई विस्थापित गरेको छ । घर, खेतबारी र सडक र पुलहरू सहित प्रमुख पूर्वाधारहरू ध्वस्त पारेको अधिकारीहरूले बताएका छन् । फङ-वोङ यस वर्ष फिलिपिन्समा आएको २१ औं उष्णकटिबंधीय आँधी हो । जसले देशको वार्षिक औसत २० वटा आँधीलाई उछिनेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij