२०८२ भाद्र ३ गते मंगलवार
पोखरा । गण्डकी प्रदेशको बागलुङमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । धौलागिरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार बिहान १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिका १ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।
धौलागिरी अस्पतालका ६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ। बागलुङ नगरपालिकामा मात्रै ८९ जना संक्रमित रहेको पुष्टि भएको छ। तीमध्ये वडा नं १४ नारायणस्थान, वडा नं ९ तित्याङ र वडा नं १३ पैञ्युपाटामा संकलन गरिएको स्वाबमध्ये धेरैको नतिजा पोजेटिभ आएको छ।
त्यस्तै बडिगाड गाउँपालिकाका २ र निसीखोला गाउँ पालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ। बागलुङमा सकिय संक्रमितको संख्या ५५३ पुगेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij