२०८२ मंसिर २१ गते आइतवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा गएका ३७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारी बोर्डको सचिवालयका अनुसार तीन महिनाको अवधिमा ३७९ जनाको मृत्यु भएको हो ।
गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा गएका ९८ जनाको मृत्यु भएको बोर्डको तथ्यांकमा उल्लेख छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको परिवारलाई आर्थिक सहायता रकम उपलब्ध गरिएको छ ।
गत वर्षबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको प्रत्येक परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराइँदै आएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका क्रममा २३६ जना विभिन्न दुर्घटनामा परी अंगभंग तथा गम्भीर बिरामी भएको बोर्डले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij