Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नर्सबाट कुटाइ खाएका एक चिकित्सक आफ्नै घरमा मृत फेला

नर्सबाट कुटाइ खाएका एक चिकित्सक आफ्नै घरमा मृत फेला


  • 6.3K
    Shares

    नर्सबाट कुटाइ खाएका एक चिकित्सक आफ्नै घरमा मृत फेला

    भारतको उत्तर प्रदेशको रामपुरमा केही दिनअघि नर्सबाट कुटाइ खाएका एक चिकित्सक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । 

    नर्स र डाक्टरबीचको कुटाकुटको भिडियो भाइरल बनेको थियो । भिडियो भाइरल भएपछि डिस्ट्रिक्ट मजिस्ट्रेटले चिकित्सकलाई बर्खास्त गरेका थिए । तर पछि उनलाई फेरि सरकारी अस्पताल ल्याइयो । 

    डा बीएम नागरको शव उनको सरकारी निवासमा फेला परेको हो । स्वास्थ्य विभागका शीर्ष अधिकारीहरू घटनास्थल पुगेका थिए । सीएमएसले चिकित्सकको मृत शरीर निजी एम्बुलेन्समा राखेर गाउँ पठाउन खोजेका थिए तर प्रहरीले लग्न दिएन । 

    पछि डा नागरको परिवारका सदस्य घटनास्थल पुगे अनि प्रहरी एसपीलाई आफूहरू शवको पोस्टमोर्टम नगराउने भनी निवेदन दिए । त्यसपछि उनीहरूले लाश लगे । यसरी पोस्टमोर्टम नगरी शव लगेकोमा विवाद भएको छ ।

    डा नागरले आफूलाई ज्यानको खतरा रहेको भनी बताउँदै आएका थिए । उनले प्रहरी अधीक्षक शुगन गौतमलाई पत्र लेखेर ज्यानको खतराका विषयमा अवगत गराएका थिए । 

    अहिले शंकास्पद अवस्थामा उनको लाश भेटिँदा हंगामा मच्चिएको छ । 

    तर उनलाई चिनीरोग र मुटुरोगको समस्या रहेको भन्दै परिवारले पोस्टमोर्टम नगरी शव लगेकाले प्रहरीले कारवाही अगाडि बढाउन पाएको छैन । एजेन्सी

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १४:४७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij