Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरु भयोः ओली

नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरु भयोः ओली


  • 673
    Shares

    नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरु भयोः ओली
    images

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद शुरु भएको टिप्पणी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

    अध्यक्ष ओलीले बंगलादेश र म्यानमारमा अधिनायकवादीहरुले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेश गर्दै नेपालमा पनि सोही त्यही सिलसिला दोहो¥याउन खोजिएको जिकीर गरेका छन् । उनले मुलुकलाई फेरि पनि द्वन्द्वमा फर्काउने प्रयास भइरहेकाले त्यसलाई अन्त्य गर्न आफूहरु लागि परेको समेत बताएका छन्।  

    उनले भने,‘ जहाँ अधिनायकवाद शुरु हुन्छ । त्यहाँ यति समयमा चुनाव गराउने भनेर घोषणा हुन्छ । विभिन्न देशमा हामीले यो देखेका छौं । म्यानमारमा हामीले देख्यौं । त्यहाँ पनि फलानो मितिमा चुनाव गराउने भनियो । ६ वर्ष भयो त्यो मिति सरेको स¥यै छ । बंगलादेशमा ६ महिना भित्र चुनाव गरिसक्ने भन्नेकुरा भयो । डेढ वर्ष स¥यो । अब चुनाव नगराउने कुरा अब आउँदो फेबु्रअरीमा पनि चुनाव नहुने देखिन्छ । त्यही अनुभव, त्यही सिलसिला नेपालमा पनि दोहो¥याउन खोजिएको छ । देशलाई द्वन्द्वतर्फ, तनावतर्फ पारस्पारिक द्वेष र घृणातर्फ फर्काउन खोजिएको छ । यो राष्ट्रका निम्ति अनिष्टकारी परिस्थिति हो । यस परिस्थितिलाई निरन्तर रहन दिनु हुँदैन । लामो समय चल्न दिनु हुँदैन ।’

    अध्यक्ष ओलीले जेनजी पुस्ताको नाममा मुलुकलाई  द्वनद्वमा फसाउने प्रयास भईरहेको समेत दोहो¥याएका छन् ।

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १६:०८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij