Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए पदबाट वर्खास्त गरीने

शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए पदबाट वर्खास्त गरीने


  • 2.7K
    Shares

    शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए पदबाट वर्खास्त गरीने

    काठमाडौं । शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए सरकारले कारबाही गर्ने भएको छ। आज एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दलमा संलग्न भएको पाइएमा कारबाही गर्ने बताएका छन्।

    विज्ञप्ति भनिएको छ, ‘आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराखे समेत जानकारी गराउँदछु,’ छ।

    मन्त्री पुनले भने, शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको मन्त्री पुनको दाबी छ। ‘कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट वर्खास्त गर्न सकिने सम्मको कानूनी कारवाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु,’।

    Mahabir-Pun-release1.jpg

     

     

    images
    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १५:५५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij