Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मनाङमा कात्तिक ३ गतेदेखि बेपत्ता भएका भारतीय बाबु-छोरीको शव भेटियो

मनाङमा कात्तिक ३ गतेदेखि बेपत्ता भएका भारतीय बाबु-छोरीको शव भेटियो


  • 1.4K
    Shares

    मनाङमा कात्तिक ३ गतेदेखि बेपत्ता भएका भारतीय बाबु-छोरीको शव भेटियो
    images

    काठमाडौं । मनाङमा कात्तिक ३ गतेदेखि बेपत्ता भएका दुई भारतीय नागरिक (बाबु छोरी) को शव भेटिएको छ । ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले फेला पारेको हो । 

    मनाङको ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका-५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए । उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले  खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

    सम्पर्कविहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजीकार्य गरीरहेकोमा नभेटिएपछि पुन:  २३ कात्तिकमा सशस्त्र प्रहरी नायव उपरीक्षक हिराबहादुर जिसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको थियो ।

    उनीहरूको शव उक्त गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताएका छन् । 

     

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १५:३३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij