२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । हिमालयन बैंकको चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा समान्य घटेको छ ।
असोज मसान्तसम्म बेंकले ७० करोड २८ लाख रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको नाफा ३.२४ प्रतिशत कम हो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । असोज मसान्तसम्ममा यस्तो आम्दानी २.२९ प्रतिशतले बढेर २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ पुगेको छ भने बैंकको सञ्चालन नाफा भने ४१.७२ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.३९ प्रतिशत पुगेको छ ।
हाल बैंकको चुक्तापूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १२.४५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij