२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा ९६.९९ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको ३ महिनामा ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएकोछ। गत आर्थिक वर्षको तीन महीनामा बैंकले १९ करोड ९ लाख २३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको कुल सञ्चालन नाफा२ अर्ब ४७ करोड ९५ लाख रुपैयाँबाट बढेर २ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ पुगेका छ । बैंकको खराब कर्जा ४.७८ प्रतिशतमै स्थिर रहेको छ ।
हाल बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १६ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ सञ्चिति रहेको छ।
समिक्षा अवधिमा बैंकले २ खर्ब १२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ५४ करोड ४० लाख रुपैयाँबाट बढेर २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ कायम भएको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ३।१६ रुपैयाँबाट घटेर ०।१७ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २३९.५२ रुपैयाँ रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij