२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफामा सामान्य सुधार देखिएको छ । महालक्ष्मी विकास बैंक गत आर्थिक वर्ष २०८२\८३ को तिन महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ९ करोड ७५ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ३.४२ प्रतिशत बढेको हो ।
बैंकको खुद फि तथा कमिशन आम्दानी भने ५.१५ प्रतिशतले घटेर २ करोड ९५ लाख ४७ हजारमा झरेको छ भने बैंकको कुल सञ्चालन आम्दानी ९.२१ प्रतिशत बढेर ६१ करोड ३३ लाख ८५ हजार रूपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३३.२६ प्रतिशत बढेर १८ करोड ८ लाख ४३ हजार रूपैयाँ कायम भएको छ।
बैंको खुद ब्याज आम्दानी ५.३२ प्रतिशतले बढेर ५० करोड ८९ लाख ३८ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य मुनाफा ३९ करोड ११ लाख ८८ हजार रुपैयाँ छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७.८० रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ९.०८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४०.०८ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा पनि बढेर ५.५० प्रतिशत पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij