Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

प्रभु बैंकको नाफा ४६ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?

प्रभु बैंकको नाफा ४६ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?


  • 309
    Shares

    प्रभु बैंकको नाफा ४६ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?
    images

    काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्ष २०८२\८३ को पहिलो तिन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको नाफामा ह्वात्तै गिरावट आएको हो ।

    गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको यो बैंकले चालू वर्षको पहिलो तिन महिनामा ५५ करोड ८४ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले ४६.३३ प्रतिशतले घटेको छ।

    बैंकको वितरणयोग्य मुनाफा ४० करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको लाभांश क्षमता ०.५९ प्रतिशत थियो।

    चालु वर्षको असोजसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब १७ करोड २० लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि १६.५२ प्रतिशतले घटेको छ।

    असोजसम्म बैंकले २ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने बैंकले ३ खर्ब ४५ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

    चालु आर्थिक वर्षको असोजसम्म बैंकको खराब कर्जा अनुपात बढेर ५.७८ प्रतिशत पुगेको छ।  बैंकको प्रतिशेयर आम्दानी घटेर ९.४९ रुपैयाँ कायम भएको छ भने पीई रेसियो २०.८७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६३.५५ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - ११:५८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij