२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२\८३ को पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ग्लोबल आइएमई बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको साही अवधिमा बैंक १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने अघिल्लो वर्षको तुलनामा करीब २२.९२ प्रतिशतले बढेको छ।
चालु वर्षको असोजसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही समयमा २ अर्ब १४ करोड ७४ लाख रुपैयाँ थियो। बैंकले ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी ०.३४ प्रतिशतले बढी छ।
बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ। पहिलो तिन महिनामा बैंकले २२.९५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। बैंकको खराब कर्जा अनुपात बढेर ४.९८ प्रतिशत पुगेको छ ।
चालु वर्षको असोजसम्म बैंकको प्रतिशेयर आम्दानी बढेर १९.५१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १६.७४ रुपैयाँ थियो। बैंकले ५ खर्ब ८२ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij