Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

करीब २३ प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको नाफा, बलियो बन्दै लाभांश क्षमता

करीब २३ प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको नाफा, बलियो बन्दै लाभांश क्षमता


  • 925
    Shares

    करीब २३ प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको नाफा, बलियो बन्दै लाभांश क्षमता

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२\८३ को पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ग्लोबल आइएमई बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको साही अवधिमा बैंक १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने अघिल्लो वर्षको तुलनामा करीब २२.९२ प्रतिशतले बढेको छ।

    चालु वर्षको असोजसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही समयमा २ अर्ब १४ करोड ७४ लाख रुपैयाँ थियो।  बैंकले ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी ०.३४ प्रतिशतले बढी छ।

    बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ। पहिलो तिन महिनामा बैंकले २२.९५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। बैंकको खराब कर्जा अनुपात बढेर ४.९८ प्रतिशत पुगेको छ । 

    चालु वर्षको असोजसम्म बैंकको प्रतिशेयर आम्दानी बढेर १९.५१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १६.७४ रुपैयाँ थियो। बैंकले ५ खर्ब ८२ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 


     

    images
    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - ११:४२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij