२०८३ बैशाख १२ गते शनिवार
काठमाडौँ । हटाइएका सुकुमवासीलाई नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने सरकारको तयारी छ।
सरकारले काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रम जारी रहेको जनाएको छ। काठमाडौँ महानगरपालिका-११ स्थित थापाथलीमा रहेको सुकुमवासी बस्ती खाली गरिएको छ।
पाँचै बस्तीमा रहेका सुकुमावासीलाई सम्पर्क गर्न भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौँका विभिन्न होटलहरूमा राख्ने तयारी छ।
हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
होटलमा राखिएका परिवार वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आइतबारबाट सुरु गरिने भएको छ। वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका-१ स्थित सरकारी अपार्टमेन्टमा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस लगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गर्ने सरकारी योजना छ। शनिबार साँझसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएको जनाएको छ। अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij