Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

एभरेष्ट बैंकले कमायो १ अर्ब १७ करोडभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?

एभरेष्ट बैंकले कमायो १ अर्ब १७ करोडभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 841
    Shares

    एभरेष्ट बैंकले कमायो १ अर्ब १७ करोडभन्दा बढी नाफा,  प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८२\८३ को पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा एभरेष्ट बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा ४.५७ प्रतिशतले बढेको छ।

    समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेको छ। वितरणयोग्य मुनाफा १५५.२५ प्रतिशतले बढेको छ। बैंकले २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी १२.३८ प्रतिशतले बढी हो।

    चुक्तापुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ र रिजर्भमा १४ अर्ब ४१ करोड ८८ लाख रुपैयाँ रहेको छ। 

    बैंकको सञ्चालन मुनाफा १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १ अर्ब ६१ करोड १० लाख रुपैयाँ थियो। बैंकले ३ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

    चालु आर्थिक वर्षको असोजसम्म बैंकको खराब कर्जा अनुपात घटेर ०.७४ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर आम्दानी बढेर ३६.४४ रुपैयाँ कायम भएको छ भने बैंकको प्रतिशेयर नेटवर्थ २५५.६९ रुपैयाँ रहेको छ।

    images
    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - ११:२९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij