२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ८ सय रुपैयाँ कायम भएको छ। । जबकि सोही सुन बिहीबार तोलामा २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
साथै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार २० रुपैयाँ कायम भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij