Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रामकुमारी झाँक्रीसहित ६ नेतामाथि पार्टी सदस्य नरहने गरी कारबाही

रामकुमारी झाँक्रीसहित ६ नेतामाथि पार्टी सदस्य नरहने गरी कारबाही


  • 3.0K
    Shares

    रामकुमारी झाँक्रीसहित ६ नेतामाथि पार्टी सदस्य नरहने गरी कारबाही

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाल, रामकुमारी झाँक्रीसहितका ६ नेतालाई कारबाही गरेको छ । 

    पार्टी विरोधी कार्य गरेको भन्दै केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गर्दै माधव कुमार नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकबाट विधानको धारा १२१ ९२० बमोजिम पार्टी सदस्य पनि नरहने गरी उनीहरूलाई कारबाही गर्ने निर्णय गरेका हुन् । 

    कारबाहीमा पर्नेहरुमा घनश्याम भुसाल,रामकुमारी झाँक्रीसहित दामोदर अर्याल,नन्दलाल बन्जाडे,धर्मराज निरौला र कृष्ण कुमार श्रेष्ठ रहेका छन् । कुनै पनि व्यक्तिले पार्टीको नाम र पद प्रयोग गरी भेला, बैठक, पत्रकार सम्मेलन वा कुनै पनि गतिविधि गरेमा कारबाही हुने चेतावनी समेत दिइएको छ । 

    कारवाहीको पत्र विहीवार सार्वजनिक भए पनि मिति भने बुधवार अर्थात कात्तिक १९ कै राखिएको छ । बुधबारमात्रै नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीसहित १० दल मिलेर नेपाली कम्युनिष्ट पार्टी घोषणा गरेका थिए । 

    575679996_793751613497638_5257017855887246161_n_CYbsleBK7T.jpg

     

    images
    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १७:३२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij