२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ । युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।
बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो ।
साइबर ब्यूरो स्रोतका अनुसार, बालेनविरुद्ध उजुरी परेको छ । यद्यपि उक्त उजुरी दर्ताको प्रक्रियामै रहेको साइबर ब्यूरोका एक अधिकारीले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij