२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ११.२९ अंकले घटेर २,५९६ को विन्दुमा कायम भएको छ ।
आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।आज दिनभरिमा ३२० कम्पनीको १ करोड ८ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.४३, विकास बैंक ०.५४, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२५, जलविद्युत् ०.६८, लगानी ०.११, जीवन बीमा ०.५७, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.९९, अन्य ०.६२ तथा व्यापार ०.२१ प्रतिशत घटे । उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत बढेको छ ।
आज शिवम् सिमेन्ट कम्पनीको ३० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने राधि विद्युत कम्पनीको ३० करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij