Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क


  • 470
    Shares

    तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब भन्दा माथि कुल बीमाशुल्क संकलन गरेको छ ।

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बीमा कम्पनीहरुले १ करोड १४ लाख ३८ हजार २७३ वटा बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

    सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफ ले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

    यसैगरी सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड एलआइसी नेपालले ४ अर्ब ९८ करोड, राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड, हिमालयन लाइफले ४ अर्ब ४३ करोड, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २६ करोड र सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

    रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोडमेट लाइफले १ अर्ब ६६ करोड, आइएमई लाइफले १ अर्ब ५१ करोड र सन नेपाल लाइफले९५ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १२:५१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij