२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । साताको पाचौं कारोबारको दिन बिहिबार नेपाली बजारमा सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलामा २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार १० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २९ सय ९० सय रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij