२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ सदस्य ग्यालेक्सी एम१७ फाइभजी सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक एआई (सक्षम फिचरसहित आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक अप्टिकल इमेज स्टेबलाइजेशन (ओआइएस) अर्थात् “नो सेक क्यामेरा” प्रविधि ल्याएको छ।
अब जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सकिनेछ । यो मोबाइल ती प्रयोगकर्ताहरूका लागि आदर्श विकल्प बनेको छ जसले आफ्नो प्रत्येक पललाई प्रो(लेभल क्वालिटीमा कैद गर्न चाहन्छन्।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी एम१७ फाइभजी मार्फत एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ व्यापक नेपाली प्रयोगकर्तासम्म पुर्याउने बताए ।
‘नो सेक क्यामेरा’ सहितका नवीन सुविधाहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउने उनके भनाइ छ । उनले भने, ‘यो फोन ती युवाहरूका लागि बनाइएको हो, जो निडर, सिर्जनात्मक र सधैं गतिशील हुन्छन्।’
जबरजस्त टिकाउपन, दमदार परफर्मेन्स र माेन्स्टर एआई अनुभव
ग्यालेक्सी एआई द्वारा सञ्चालित ग्यालेक्सी एम१७ फाइभजीमा Circle to Search with Google र Real-time AI Assist जस्ता फिचरहरू समावेश छन्, जसले अन्वेषण, मल्टिटास्किङ र संवादलाई झन सहज बनाउँछ। ६ न्यानोमिटरको Exynos 1330 प्रोसेसरले उत्पादकता, गेमिङ र स्ट्रिमिङमा छरितो तथा उर्जा-दक्ष प्रदर्शन प्रदान गर्छ।
यसमा मुख्यतया 6.7″ FHD+ Super AMOLED डिस्प्ले, Corning Gorilla Glass Victus द्वारा सुरक्षित र IP54 रेटिङ सहित धूलो र पानीबाट सुरक्षा प्रदान गर्ने जस्ता विशेषतारहेका छन् । यी सबै सुविधाहरूले ग्यालेक्सी एम१७ फाइभजीलाई दैनिक जीवनका साहसिक क्षणहरूका लागि भरपर्दो साथि बनाउँछ।
नेपाली बजारमा ग्यालेक्सी एम१७ फाइभजी (४ जीबी/ १२८ जीबी) के मूल्य रू २५ हजार ९ सय ९९ र ६ जीबी/ १२८ जीबीके २७ हजार ९ सय ९९ रूपैयाँ तेकिएके छ ।
ग्यालेक्सी एम१७ फाइभजी अब देशभरका सामसुङ अधिकृत खुद्रा पसलहरू, सामसुङ प्लाजा, र प्रमुख ई-कमर्स प्लेटफर्महरूमा उपलब्ध छ। उपभोक्ताहरूले आफ्नो नजिकको सामसङ बिक्री केन्द्र वा अनलाइन स्टोरबाट यस नयाँ स्मार्टफोन खरिद गर्न सक्छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij