Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

चोभारमा एक महिने आदिनाथ मेला सम्पन्न (तस्बिरहरु)

चोभारमा एक महिने आदिनाथ मेला सम्पन्न (तस्बिरहरु)


  • 358
    Shares

    चोभारमा एक महिने आदिनाथ मेला सम्पन्न (तस्बिरहरु)
    images

    काठमाडौं । काठमाडौंको चोभारस्थित आदिनाथ मन्दिरमा एक महिने आदिनाथ मेला सम्पन्न भएको छ । 

    असोज २१ गते चोभारस्थित आदिनाथ मन्दिरमा एक महिने आदिनाथ मेला शुरु भएको थियो । आदिनाथ मेला कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिना चल्ने गर्दछ । मन्दिरमा राखिएको शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति ९अर्धनारेश्वर आदिनाथ०को पूजा आराधना गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।

    मेलामा सहभागी भएमा भय, रोग र विघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । आदिनाथलाई हिन्दु र बौद्ध अनुयायीले साझा रूपमा पूजा गर्ने गर्दछन् । लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गर्नुभएको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ । 

    बौद्धमार्गीले लोकेश्वरका रुपमा पूजा गर्ने मन्दिरमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पती प्राप्त हुने बौद्ध धर्मावलम्वीहरुको विश्वास छ ।

    a6.jpg

    a4.jpg

    a3.jpg

    a2.jpg

    a1.jpg

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १०:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij