Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

अंशु गौतमको बलात्कारपछि हत्या भएको दाबी, शव १२ दिनदेखि अस्पतालमै राखेर के गर्दै छ प्रहरी ?

अंशु गौतमको बलात्कारपछि हत्या भएको दाबी, शव १२ दिनदेखि अस्पतालमै राखेर के गर्दै छ प्रहरी ?


  • 596
    Shares

    अंशु गौतमको बलात्कारपछि हत्या भएको दाबी, शव १२ दिनदेखि अस्पतालमै राखेर के गर्दै छ प्रहरी ?
    images

    विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या भएको एक महिना बितेको छ । उनको शव बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा फेला परेको थियो । तर, घटना अझै रहस्यमय छ ।

    यस घटनाले गाउँमा त्रास फैलिएको छ भने प्रहरीलाई घटनाको गुत्थी केलाउन सकस भएको छ । अंशुको शव विगत १२ दिनदेखि कोसी अस्पताल विराटनगरको शवगृहमा राखिएको छ ।

    परिवारका अनुसार अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएकी थिइन् । त्यसपछि बेपत्ता भइन् । दुई हप्तासम्म खोजी भयो । तर, फेला परिनन् । बेपत्ता भएको १८ दिनपछि लेटाङ–२ र बेलबारीको सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत शव भेटियो ।

    वनका अध्यक्ष दिनेश गिरीका अनुसार, कात्तिक ७ गते घाँसदाउरा लिन गएका स्थानीयले सडेको अवस्थामा बालिकाको शव देखेका थिए । त्यसपछि प्रहरीलाई खबर गरे । त्यो शव अंशुकै भएको परिवारले पहिचान गरे ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाल तत्कालै आफैँ घटनास्थल पुगे । घटना मुचुल्का उठाइयो । टाउको र शरीर छुट्टिएको अवस्थामा शव थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रयोग गरी हत्या भएको देखाएको थियो । परिवार र गाउँलेले भने बलात्कारपछि हत्या भएको दाबी गरिरहेका छन् ।

    के गर्दै छ प्रहरी ?

    मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, घटनाबारे प्राविधिक विश्लेषण भइरहेको छ । तर, अहिलेसम्म क्लू भेटाउन सकिएको छैन ।

    “सबै एंगलबाट अनुसन्धान भइरहेको छ । तर, क्लू भेटाउन सकेका छैनौँ । केही मानिसलाई शंकाको घेरामा राखिएको छ । मानव अधिकारको कुरासँग सम्बन्धित विषय पनि छ । पूर्ण प्रमाण र विश्वस्त नभई पक्राउ गर्ने अवस्था छैन । टेक्निकल अनुसन्धान गरिरहेका छौँ । विज्ञले दिएको रायअनुसार अघि बढ्ने योजना छ । तर, हामीलाई अनुसन्धान नगर्ने छुट छैन,” उनले भनिन् ।

    फरेन्सिक जाँच र डीएनए परीक्षणका लागि संकलित नमुना बीपी प्रतिष्ठान धरान पठाइएको र विस्तृत रिपोर्ट नआएसम्म थप बताउन सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ । घटनामा संलग्न पक्राउ नपरुन्जेल परिवारले शव नबुझ्ने र दाहसंस्कार नगर्ने अडान लिएकाले शव अस्पतालमै रहेको डीएसपी चुँडालले जानकारी दिइन् ।

    घटनाको गम्भीरता बुझ्दै जिल्ला प्रहरी कार्यालय मोरङले इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा पाँच सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको छ । टोलीले घटनास्थल र वरपरका बासिन्दासँग सोधपुछ, प्रमाण संकलन र शंकास्पद व्यक्तिहरूको पृष्ठभूमि अध्ययन गरिसकेको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी कार्यालयको विशेष टोली र जिल्लाको टोली अनुसन्धानमा खटिएका छन् । टोलीले मृतको घर, विद्यालयका शिक्षक, सहपाठी र छिमेकीहरूसँग समेत बयान लिएको छ ।

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - ०६:०७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij