Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

पोर्चुगलको फारोमा दूतावासको घुम्ती शिविर : १२० जनाले भरे ई-पासपोर्टको आवेदन

पोर्चुगलको फारोमा दूतावासको घुम्ती शिविर : १२० जनाले भरे ई-पासपोर्टको आवेदन


  • 687
    Shares

    पोर्चुगलको फारोमा दूतावासको घुम्ती शिविर : १२० जनाले भरे ई-पासपोर्टको आवेदन
    images

    काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि पोर्चुगलको फारोबाट १०० भन्दा बढी नेपालीले राहदानी आवेदन सङ्कलन गरेका छन्।

    लिस्बनस्थित नेपाली दूतावासको टोलीले अल्गार्भको फारोमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुईदिने घुम्ती शिविरबाट १२० जना नेपालीको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको हो।

    शिविरबाट १२० जनाको राहदानी नवीकरण, २८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३६ वटा अन्य कागजात प्रमाणीकरण गरी झन्डै २०० नेपालीलाई सेवा प्रदान गरिएको टोली प्रमुख एवं लिस्बनस्थित नेपाली दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिएका छन्।

    उनका अनुसार दुईदिने शिविरबाट १८ हजार ५१५ युरो (करिब ३० लाख २० हजार रुपैयाँ) राजस्व सङ्कलन भएको छ। अल्गार्भ क्षेत्रमा देखिएको राहदानीलगायतका कागजातसम्बन्धी समस्यालाई सम्बोधन गर्ने योजनाअनुरूप पहिलोपटक सञ्चालन गरिएको यो शिविरबाट नेपाली सेवाग्राही लाभान्वित भएको नेपालले बताए।

    शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिनुका साथै प्रहरी रिपोर्टुलगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा पनि प्रदान गरियो।

    शिविरमा लागोस, फारो, अल्बुफेइरा, पोर्टिमाओ, भिलामौरा, ताभिरालगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीले सेवा लिएको दूतावासले जनाएको छ।

    पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले राहदानी नवीकरण तथा प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्या भोगिरहेका अल्गार्भ क्षेत्रका नेपालीहरूको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको बताए।

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १७:३२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij