Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

बानेश्वरमा सुरु भयो कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला

बानेश्वरमा सुरु भयो कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला


  • 330
    Shares

    बानेश्वरमा सुरु भयो कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला
    images

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला थापागाँउमा सुरु भएको छ । थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा भेला सुरु भएको हो । भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् । 

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउनेहरूले विशेष भेला गरिरहेका हुन् । 

    विशेष महाधिवेशन माग्दै असोज २९ गते २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।

    भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरू अजयबाबु सिवाकोटी र प्रतिमा गौतम सहभागी छन् । उनीहरू महामन्त्री थापा पक्षीय हुन् । त्यस्तै कांग्रेसका लुम्बिनी प्रदेश सभापछि अमरसिंह पुन पनि सहभागी छन् ।

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १३:५२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij