Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला


  • 323
    Shares

    पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला
    images

    काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित पाङबारी हिमालमा ५ दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव आज फेला परेको छ । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको हो।

    प्रहरीका अनुसार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका फारोनातो स्तेफानो र कापुतो अलेस्सान्द्रोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। 

    उनका अनुसार आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ भने पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए ।

    उनीहरूसँगै अलपत्र परेका इटालियन नागरिक भेल्टर परलिनो, पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि गत आइतबार हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौं पठाइएको उनले बताएका छन् ।

     

     

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १३:०४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij