Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

दोलखामा हिमपहिरो: ३ विदेशीको मृत्यु, नेपालीसहित ८ जना बेपत्ता

दोलखामा हिमपहिरो: ३ विदेशीको मृत्यु, नेपालीसहित ८ जना बेपत्ता


  • 1.2K
    Shares

    दोलखामा हिमपहिरो: ३ विदेशीको मृत्यु, नेपालीसहित ८ जना बेपत्ता
    images

    दोलखा। दोलखाको यलुङ रि हिमाल आरोहणका लागि गएको विदेशी र स्वदेशीसहित १५ जना आरोहीको टोली हिमपहिरोमा परेको छ। जिल्लाको रोल्वालिङ क्षेत्रमा रहेको यलुङ रि हिमालको बेसक्याम्पनजिकै आज सोमबार हिमपहिरोमा परेका हुन्।  

    दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार ३ जना निधन भएको एकिन भएको छ।

    'हिमपहिरोमा ३ जना विदेशी नागरिकको निधन भएको भनेर विवरण खुलेको छ,' उनले भने, 'निधन हुनेमा क्यानडा, जर्मनी र फ्रान्सका नागरिक छन्। ८ जना बेपत्ता छन्। बेपत्ता हुनेमा नेपाली पनि रहेको बुझिएको छ। यहाँ ४ जना घाइते पनि छन्। उनीहरूको उद्धार प्रयास भइरहेको छ।' 

    दिउँसो केहीबेर हेलिकप्टरमार्फत बेपत्ताको खोजी र घाइतेको उद्धार प्रयास भए पनि मौसम खराब हुँदा सफल नभएको उनको भनाइ छ।  जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोका अनुसार ४ जना घाइते अवस्थामै बेसक्याम्प आइपुगेका हुन्। 

    त्यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्रको बीओपी लामाबगर, नेपाली सेना र नेपाल प्रहरी गरी ५० जनाको संयुक्त टोली उद्धारका लागि परिचालन गरिएको छ। मौसम प्रतिकूल हुँदा उद्धार नभएको र मंगलबार बिहानैदेखि उद्धारको काम सुरु गरिने डीएसपी महतोले बताए। 

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - २०:१६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij