Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्यको प्रस्ताव

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्यको प्रस्ताव


  • 225
    Shares

    विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्यको प्रस्ताव

    काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ। 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका हुन्। 

    मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राखेका हुन् । फिनल्यान्डको शिक्षा विश्वकै उच्च गुणस्तरको मानिन्छ। उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र फिनल्यान्डबिच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए। 

    शिक्षामन्त्री र राजदूतबिच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ। भेटमा राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारले गरेको सहयोगलाई आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाए। 

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १७:३१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij