Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ


  • 344
    Shares

    स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ
    images

    काठमाडौं । कैलालीमा स्रोत नखुलेको २८ लाख नगद सहित दुई जना भारतीय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई धनगढी उप-महानगरपालिका-३ स्थित मिलनचोकबाट नियन्त्रणमा लिएको हो ।

    कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख तीन सय ५० रुपैयाँ  बरामद भएको बताएका छन् । पक्राउ परेका दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १३:२५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij