२०८२ कार्तिक १८ गते मंगलवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको मूल्य तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमै कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार ५५ रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij