Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्यो

यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्यो


  • 351
    Shares

    यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्यो
    images

    काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर आंशिक चलेको छ ।

    विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको विभागले जनाएको छ ।

    अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ ।

    २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएको थियो । त्यसपछि लाइसेन्स सेवा अवरुद्ध भएको थियोे ।


    विभागका अनुसार काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सवारी दर्ता सेवा (भीआरएस) पनि आंशिक सुचारु भएको छ ।

    अन्य यातायात व्यवस्था कार्यालयहरूमा विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सञ्चालन गर्न प्रणाली परीक्षणको कार्य भइरहेको विभागले जनाएको छ ।

    ती कार्यालयबाट पनि छिट्टै सेवा सञ्चालनमा आउने विभागको अपेक्षा छ । विभागले आफ्नो कार्यालयमा प्रणाली सञ्चालनका लागि आवश्यक नेटवर्किङ, बायोमेट्रिक लगायत उपकरण तयारी अवस्थामा राख्न र विभागसँग नियमित सम्पर्कमा रही सेवा प्रवाह व्यवस्थापन गर्न सबै यातायात व्यवस्था कार्यालयलाई अनुरोध गरेको छ ।

    baf26704-7012-482b-8c31-b637ea71a0e5-768x745.jpg

     

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १४:५१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij