२०८२ कार्तिक १७ गते सोमवार
काठमाडौं । नियमित महाधिवेशनको माग गर्दै काँग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन भएको छ । आईतवार दिउँसो सानेपास्थित नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा नेपाल विद्यार्थी संघसहितका पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली काँग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा बोल्दै नेविसंघ सदस्य भूवन भट्टले नेपाली काँग्रेस सुधार अभियान चलाएको बताए।
काँग्रेस सुधार र रुपान्तरणको मुद्दा आफूहरुले उठाउन खोजेको बताएका छन्। नवयुवाको परिवर्तनको आकांक्षालाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन्। समयसापेक्षरुपमा आफूलाई परिवर्तन गर्दै जानुपर्ने बताए।
उनले मुलुकलाई नेतृत्व गर्नुपर्ने काँग्रेस आज पार्टीभित्रै रुमल्लिएको बताए। काँग्रेसका युवाहरुले उठाएको आवाजलाई नजरअन्दाज नगर्न चेतावनी दिए। तत्काल पार्टीको नियमित महाधिवेशन घोषणा गर्ने र पार्टीमा आम कार्यकर्ताको भावना समेटेर अघि बढ्नुपर्ने माग गरेका छन् ।




© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij