२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई उर्फ हर्क साङपाङको दल ‘श्रम संस्कृति पार्टी’ को केन्द्रीय समितिमा आदिवासी जनजातिको बाहुल्य रहेको पाइएको छ । प्राप्त नामावली अनुसार २८ सदस्यीय केन्द्रीय समितिमा ४ जना मात्रै खस आर्य छन् ।
निर्वाचन आयोगमा साङपाङले गत असोज ६ गते दल दर्ताका लागि निवेदन दिएका थिए । निवेदनमा ५ सदस्यीय पदाधिकारीसहित २८ सदस्यीय केन्द्रीय समितिको नामावली पेश गरेको भेटिएको हो । ५ पदाधिकारीमा खस आर्य शून्य छन् । अध्यक्ष साम्पाङ आफैँ, उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज), महासचिव आरेन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन् ।
उपाध्यक्ष लामा बुढानीलकण्ठ नगरपालिका ११ काठमाडौं, महासचिव राई केपिलासगढी गाउँपालिका १ खोटाङ, कोषाध्यक्ष राई भद्रपुर नगरपालिका १ झापा र प्रवक्ता गुरुङ धरान उपमहानगरपालिका १६ सुनसरीका हुन् ।
यस्तै केन्द्रीय सदस्यमा पञ्चलाल तामाङ जनजित (बागमती गाउँपालिका ३ मकवानपुर), आशा लामा (काठमाडौं महानगरपालिका काठमाडौं), लक्ष्मी राई (इलाम नगरपालिका १२ इलाम) समीर तामाङ (धरान उपमहानगरपालिका ११ सुनसरी) मेघराज दुलाल (दमक नगरपालिका २ झापा), पुष्पा राई (काठमाडौं महानगरपालिका ३१ काठमाडौं), धनबहादुर श्रेष्ठ (टोखा नगरपालिका २ काठमाडौं), गोपालबहादुर खड्का (बयरबन गाउँपालिका २ मोरङ) रहेका छन् ।
यस्तै लोकनाथ चुडाल (चन्द्रगढी नगरपालिका ९ झापा) सुनिता राई (धरान उपमहानगरपालिका १३ सुनसरी), चन्द्रकला यासा (धरान उपमहानगरपालिका १६ सुनसरी), मिश्रा राई (पोक्ताङलुङ गाउँपालिका १ भोजपुर), दीपेन्द्र डंगोल (टोखा नगरपालिका ९ काठमाडौं), सुन्दर लामा (हेटौडा उपमहानगरपालिका १५ मकवानपुर), अञ्जली राई (खोकु ९ धनकुटा), सुवास घिसिङ (गौधारा ८ रामेछाप), रेणुका राई (केपिलाशगढी गाउँपालिका २ खोटाङ), जितेन राई (शनिअर्जुन नगरपालिका १० झापा) अम्बिकादेवी संग्रौला (धरान उपमहानगरपालिका १३ सुनसरी), प्रसाद राई (आमचोक गाउँपालिका ८ भोजपुर), रमन राई (तपेश्वरी १ सुनसरी) र सुरेश घिसिङ (शैलुङ गाउँपालिका १ दोलखा) रहेका छन् ।
दल दर्ताको प्रक्रिया अन्तरगत नै पार्टी अध्यक्ष साङपाङ, पदाधिकारी तथा केन्द्रीय सदस्यले कात्तिक २ गते आयोगमा पुगेर सनाखत गरिसकेका छन् । राजनीतिक दल दर्ता सम्बन्धी ऐनमा दल दर्ताका लागि ५ सय सदस्यको सनाखन गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा सनाखतको काम सम्पन्न भइनसकेकाले दर्ता प्रक्रिया पुरा भइनसकेको आयोगले जनाएको छ ।
साङपाङले दर्ताका लागि पेश गरेको २८ सदस्यीय केन्द्रीय समितिमा महिला ३५ प्रतिशत समेटिएका छन् । एक जना पदाधिकारीसहित १० जना महिला केन्द्रीय समितिमा समेटिएका हुन् । अध्यक्ष साङपाङसहित ८५ प्रतिशत अर्थात २४ जना केन्द्रीय सदस्य आदिवासी जनजाती समुदायका छन् । बाँकी १४ प्रतिशत अर्थात ४ जनामात्र खस आर्य समुदायबाट समेटिएका छन् ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij