२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले दुई दिनदेखि फोहोर बोकेर गएको गाडी रोकेपछि सहरी विकास मन्त्रालयले स्थानीयलाई आज वार्तामा बोलाएको छ ।
२०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले काठमाडौं महानगरसहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकिएका हुन् । काठमाडौं महानगरपालिकाले घरबाट फोहोर ननिकाल्न सूचना नै जारी गरिसकेको छ ।
स्थानीयहरूको विरोधपछि मन्त्रालयले छलफलमा बोलाएको ल्याण्डफिल साइट रहेको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिएका छन् ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij