२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशललाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले लक्ष्मण थारु, धनिराम थारु, आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो चुनाव हुन नदिने चेतावनी दिएका हुन्।
संरक्षक चौधरीले आफूहरु थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले पनि निर्वाचनमा भाग लिन रोक्न नहुने जिकीर समेत गरेका छन्। उनले कुनैपनि समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन हुनै नसक्ने पनि बताएका छन्।
उनले भने, ‘अहिले चुनाव लड्न दिन्न भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो । नेता हुन्न दिन्न भन्छन् । देश परिवर्तन गर्ने हामी । संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लडने हामी । कलम चलाउनेले फैसला गरिदिने रु अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने रु रेशम थारु, लक्ष्मण थारु, धनिराम थारुले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु, फेरि यो देशमा चुनाव हुँदैन । के को चुनाव हुन्छ रु सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ रु’
संरक्षक चौधरीले जेनजी आन्दोलन आम नागरिकको विद्रोह भएको दावी समेत गरेका छन् ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij