Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

धोबिखोला करिडोरदेखि वागमती आसपासका अवैध संरचना हटाइने, निर्धारित समयमै नहटाए बल प्रयोग गरिने

धोबिखोला करिडोरदेखि वागमती आसपासका अवैध संरचना हटाइने, निर्धारित समयमै नहटाए बल प्रयोग गरिने


  • 1.9K
    Shares

    • images
    धोबिखोला करिडोरदेखि वागमती आसपासका अवैध संरचना हटाइने,  निर्धारित समयमै नहटाए बल प्रयोग गरिने

    काठमाडौं । धोबिखोला करिडोरदेखि वागमती आसपासका अवैध संरचना हटाइने भएको छ । काठमाडौं उपत्यका प्राधिकरणकाअनुसार धोविखोला, वागमती नदि आसपासमा सार्वजनिक जग्गामा संरचना बनाएर अवैध रुपमा बसेकाहरुलाई हटाउन लागिएको हो । 

    लामो समयदेखि मौखिक रुपमा त्यस्ता संरचना बनाएर बसेकाहरुलाई हट्न भनिएपनि सुनुवाई नभएपछि ७ दिने अल्टिमेटम दिइएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन्। उनका अनुसार त्यसरी सार्वजनिक जग्गा हडपेकाहरुले निर्धारित समयमै खाली नगराए बल प्रयोग गरेर हटाइनेछ । उनका अनुसार सुकुम्वासी बस्तीलाई हटाउने तयारी अहिले गरिएको छैन । 

    उनले भनिन्, ‘जुन हामीले गर्न खोजेको धोविखोला, बागमती नदि आसपास हो । जहाँ सार्वजनिक जग्गा हडपेर संरचनाहरु बनाइएका छन् त्यहाँ खाली गर्नू भनिएको हो । जसले अतिक्रमण गर्नुभएको छ, सात दिनभित्र खाली गर्न भनेका छौं ।
    थापाथलीको सुकुम्वासी बस्तीलाई अहिले नै हटाउने योजना भने छैन । सुकुम्वासीकालाई यो सूचना जारी गरिएको होइन । सुकुम्बासी समस्या अर्कै समस्या हो । यसको समाधान खोजेर मात्रै हटाउनुपर्छ ।’

    काठमाडौं विकास प्राधिकरण र काठमाडौं महानगरले आज सूचना जारी गर्दै त्यस्ता संरचना हटाउन ७ दिने अल्टिमेटम जारी गरेको थियो । अतिक्रमित जग्गा तथा मापदण्ड विपरितका संरचना खाली गर्न जारी गरिएको सूचनमा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणको मिति २०८२ असोज २ गते बसेको संयुक्त बैठकबाट निर्णय भएको उल्लेख गरिएको छ ।

    काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सीमाना जोडिएका काठमाडौं जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरितका संरचना नहटाए कारबाही गरी खाली गर्न भनिएको छ । 

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १२:५१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij