२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् । पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा कांग्रेसका डा.शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका हुन्।
छलफलमा कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेको उपस्थिति रहेको थियो ।
शुक्रबार बिहान कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेको स्कीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् ।
 
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij