Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

महिलालाई गर्भवती बनाएबापत २५ लाख रुपैयाँ दिइने प्रस्ताव

महिलालाई गर्भवती बनाएबापत २५ लाख रुपैयाँ दिइने प्रस्ताव


  • 316
    Shares

    महिलालाई गर्भवती बनाएबापत २५ लाख रुपैयाँ दिइने प्रस्ताव
    images

    सामाजिक सञ्जालमा विभिन्न प्रकारमा सामग्री आउने गर्दछन्। सामाजिक सञ्जालमा आएका त्यस्ता कतिपय सामग्रीकै कारण मानिस ठगिने गरेका उदाहरण पनि पाइन्छन् ।

    भारतको महाराष्ट्र राज्यको पुणेमा यस्तै एक ठगीको घटना प्रकाशमा आएको छ। सहरका एक ठेकदारले सामाजिक सञ्जालमा त्यस्तै एक विज्ञापन देखे, जसमा महिलालाई गर्भवती बनाएबापत २५ लाख रुपैयाँ दिइने प्रस्ताव थियो । सामाजिक सञ्जालमा प्रसारित भिडियो विज्ञापनमा एक महिला भन्छिन्, 'म यस्तो एक पुरुष चाहन्छु, जसले मलाई आमा बनाइदियोस्। त्यो पुरुष पढेलेखेको होस् वा अनपढ, गोरो होस् वा कालो, जुनसुकै जातको होस्, त्यसले मलाई केही फरक पर्दैन।'

    यो विज्ञापन हेरिसकेपछि ती ठेकदारले भिडियोमा उल्लेख भएको नम्बरमै फोन गरे। उनीसँग 'प्रेग्नेन्ट जब फर्मका सहायकका रूपमा एक पुरुषले कुराकानी गरे। यहाँबाट ती ठेकदार ठगिने क्रम सुरु भयो। आफ्नो परिचयपत्र बनाउनुपर्ने भन्दै ती व्यक्तिले ठेकदारसँग सुरुवातमा केही रकम माग गरे। यसैगरी विभिन्न प्रक्रियाका लागि भन्दै आफूसँग पटक-पटक गरी ११ लाख भारु लिइसकेको पीडित ठेकदारको भनाइ छ।

    सेप्टेम्बरको पहिलो सातादेखि २३ अक्टोबरसम्मको अवधिमा ११ लाख रुपैयाँ बुझाइसकेपछि पनि विज्ञापनमा भनेजस्तो अवसर नपाएपछि ठेकदार झस्किए । त्यसपछि उनले फोनबाटै जब कम्पनीका मानिससँग सोधपुछ गर्न थाले। अचानक आफ्नो नम्बर 'ब्लक' भएपछि भने ठेकदारले आफू ठगिएको आशंका गरे।

    त्यसपछि उनी प्रहरीमा ठगीको उजुरी लिएर पुगे। प्रहरीले उनको उजुरीमाथि अनुसन्धान सुरु गरेको छ । भारतमा यस प्रकारका साइबर ठगीका कैयौं उदाहरण रहेको प्रहरीले जनाएको छ। प्रहरीले पीडित ठेकदारको नाम र परिचय भने खुलाएको छैन

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - ०८:१३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij