२०८२ फाल्गुण २१ गते बिहिवार
रुसको कजान शहरको एक विद्यालयमा मंगलबार अन्धाधुन्ध गोली प्रहार हुँदा ११ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार दुई व्यक्तिले गोली चलाउँदा एक शिक्षकसहित विद्यार्थी बालबालिकाहरुको मृत्यु भएको हो।
अहिले प्रहरीले यस घटनामा संलग्न एक १९ वर्षका किशोरलाई हिरासतमा लिइसकेको छ। अर्का संदिग्धलाई भने प्रहरीले विद्यालय भवनको चौथो तलामा गोली हानी मारेका छन्।
यो घटना पूर्वी मस्कोदेखि ८२० किलोमिटर टाढा भएको हो। कजान मुस्लिम गणराज्य तातारस्तानको राजधानी हो। स्कूल नम्बर १७५ बाहिर यतिबेला भारी सुरक्षाबल तैनाथ गरिएको छ।
आक्रमणको घटनासँगै विद्यार्थीहरु विद्यालयको भवन माथिबाट हाम फालेका थिए। यतिबेला घाइते भएका १२ भन्दा बढी विद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij