Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

भारतद्वारा २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण स्वीकृति

भारतद्वारा २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण स्वीकृति


  • 610
    Shares

    भारतद्वारा २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण स्वीकृति
    images

    काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमतिको नवीकरणका लागि स्वीकृति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत् निर्यातका लागि यसअघि दिइएको स्वीकृतिलाई नवीकरण गरिदिएको हो।

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दर र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

    आईएक्समा बिक्रीको नवीकरण भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृति पाएका ४ आयोजनाको अनुमति नवीकरण भएको छ। ती आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आईएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो। सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण गरिएको छ।

    यसैगरी द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई चार आयोजनाबाट उत्पादित करिब १ सय ८० मेगावाट बिक्री भइरहेको थियो । हरियाणालाई बिक्री गर्न दिइएको अनुमति बिहीबार सकिने छ । प्राधिकरणले हरेक वर्ष जुन अक्टोबरमा हरियाणालाई विद्युत् बिक्री गर्दछ । प्राधिकरणले हरियाणालाई विद्युत बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत् आईएक्समा पनि बिक्री अनुमति मागेको थियो ।

    भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब चार आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारदेखि आईएक्समा समेत निरन्तर बिक्री गर्न पाउने भएको छ । 

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - १३:४५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij