Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा

गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा


  • 134
    Shares

    गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा
    images

    काठमाडौं । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनी ७ हजार धरौटी बुझाएर छुटेका हुन् ।

    जेनजी प्रदर्शनपछि व्यवसायीलाई ‘धम्क्याएको’ आरोपमा प्रहरीले असोज १९ मा उनलाई टोखाबाट पक्राउ गरेको थियो ।

    नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि अहिले सातौंपटक पक्राउ परेर छुटेका हुन् । उनलाई अदालतको आदेश अनुसार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

    यसअघि साउन १२ मा ठमेलको नर्सिङ चोक स्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

    सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।  ‘घैँटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेको प्रहरी अधिकृतहरू बताउँछन् । 

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - ११:१३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij