Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

महानगरमा करिब ५७ हजार जना स्वास्थ्य बिमामा आबद्ध

महानगरमा करिब ५७ हजार जना स्वास्थ्य बिमामा आबद्ध


  • 309
    Shares

    महानगरमा करिब ५७ हजार जना स्वास्थ्य बिमामा आबद्ध
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका हालसम्ममा ५६ हजार ६७३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तीमध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित दुई जना रहेका छन् । महानगरले २०८० माघदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।

    महानगरले आर्थिक वर्ष २०८१/०८२ मा एक लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । तीमध्ये  ८४ हजार ७०४ जनाले बहिरंग सेवा लिएका छन् । स्वास्थ्य बिमा कार्यक्रममा यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण गरिएका छन् ।

    महानगरले १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । महानगरले बेवारिसे, विपन्न र बेसहाराको निस्शुल्क उपचारअन्तर्गत २१० जनालाई निस्शुल्क उपचार सेवा प्रदान गरेको प्रवक्ता मानन्धरले जानकारी दिए । उनका अनुसार नसर्ने रोग स्क्रिनिङ महाअभियानअन्तर्गत २६ हजार १९ जनाको परीक्षणसमेत गरिएको छ ।

    महानगरका वडा नं १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स–रे सेवासमेत महानगरले सुरु गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरी स्थानीयलाई स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । महानगरका ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवासमेत सञ्चालन गरिएको उनले बताए।

    स्वास्थ्य प्रवर्द्धन केन्द्रसहित महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, छ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, एक वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपञ्चर सेवाबाट पनि स्वास्थ्य सेवा प्रदान गरिँदै आइरहेको छ । 

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - १०:४२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij