Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

नेपाल टेलिकमद्धारा विमानस्थलहरुमा सर्वसाधारणका लागि फ्री वाइफाइ सञ्चालनमा

नेपाल टेलिकमद्धारा विमानस्थलहरुमा सर्वसाधारणका लागि फ्री वाइफाइ सञ्चालनमा


  • 785
    Shares

    नेपाल टेलिकमद्धारा विमानस्थलहरुमा सर्वसाधारणका लागि  फ्री वाइफाइ सञ्चालनमा
    images
    काठमाडौं । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित Free Wi-Fi इन्टरनेट सेवा मिति २०८२ कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको छ ।  
     
    नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा Wi-Fi इन्टरनेट सेवाको शुभारम्भ गर्नुभएको थियो । उक्त Free Wi-Fi इन्टरनेट सेवाको Coverage विमानस्थलको आगमन, प्रस्थान, VIP Lounge तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।
     
    देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित Free इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो । 
     
    सेवाको ऋयखभचबनभ रहेको स्थानमा SSID "NT-CAAN Free WiFi" भएको Wi-Fi मा Connect गरेर निर्देशन पूरा गरी निस्शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।
     
     

     

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १७:२७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij