Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

थानीमाई मन्दिरमा एकैदिन ८६ फूलका डोली भित्रिए

थानीमाई मन्दिरमा एकैदिन ८६ फूलका डोली भित्रिए


  • 834
    Shares

    थानीमाई मन्दिरमा एकैदिन ८६ फूलका डोली भित्रिए
    images

    काठमाडौं । जिल्लाको भानु नगरपालिका-७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा आज एकैदिन ८६ वटा फूलको डोली भित्रिएका छन् । तनहुँबाट ३५, लमजुङबाट २५, गोरखाबाट १२, चितवनबाट आठ, पोखराबाट चार, नवलपरासी र काठमाडौँबाट एकरएक गरी ८६ फूलका डोली भित्र्याइएको हो । 

    मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले सोमबार सत्यनारायणको पूजा गरी तयार गरिएका फूलका डोली मन्दिरमा चढाउने परम्परा रहेको जानकारी दिए ।

    उनले भने, “सात सय जना भक्तजनले रातभर जाग्राम बसेर बत्ती बालेका छन् भने आठ हजार ८७७ जनाले दर्शन गरेका छन् । विसं २०७२ मा एकै दिन एक सय १५ वटा डोली भित्र्याइएको थियो । त्यसपछि आजकै दिन धेरै फूलको डोली आएको हो ।”  

    कात्तिकको पहिलो मङ्गलबार औँशी परेकाले फूलको डोली भित्र्याइएको हो । यहाँ एकादशी, औँशी, सोह्रश्राद्ध र साउन महिनाभर मन्दिरको ढोका खोलिँदैन । 

    विशेष गरी कात्तिक र माघ महिनामा यहाँ ठुलो मेला लाग्ने र अन्य महिनामा भने सामान्य हुने गरेको सो समितिले जनाएको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशका विभिन्न ठाउँबाट भक्तजन पूजाअर्चनाका लागि यहाँ आउने गर्दछन् । 

    भक्तजनले फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरमा नाचगान गर्दै तीन पटक परिक्रमा गर्छन् ।

    परिक्रमापछि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ भने त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजा गर्ने गरिन्छ ।  

    आज मन्दिरमा फूलको डोली चढाउनेको भीड लागेको थियो । भक्तजनले चढाएको भेटी र दान गरी आज मात्र  करिब रु ९० हजार सङ्कलन भएको मन्दिर संरक्षण समितिका सचिव हर्कबहादुर थापाले बताए । 

    हाल मन्दिरसम्म पुग्ने सडक निर्माण गरिएकाले भक्तजनको सङ्ख्या पनि बढ्न थालेको छ । यस्तै, समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मीबजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खला देख्न पाइने भएकाले पनि आकर्षण बढ्दै गएको छ ।

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १६:५८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij