Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

शरीरको उँचाइ बढाउन के गर्ने ? यस्तो छ काइदा

शरीरको उँचाइ बढाउन के गर्ने ? यस्तो छ काइदा


  • 666
    Shares

    शरीरको उँचाइ बढाउन के गर्ने ? यस्तो छ काइदा
    images

    काठमाडौं । निश्चित उमेरसम्म हाम्रो शरीरको उचाई बृद्धि हुन्छ । त्यस अवधीभित्र हामीले अपनाउने जीवनशैली र खानपानले पनि उचित मात्रामा उचाई बढाउने काम गर्छ । 

    सबैजना चाहन्छन्, अग्लो कद । यद्यपी उमेर पुगेपछि आफ्नो कद बढाउने कुरा हाम्रो वसमा हुन्न । वास्तवमा हामी कति अग्ला हुन्छौं भन्ने कुरा हाम्रो जिनमा निर्भर गर्छ । यसका साथै ह्युमेन ग्रोथ हर्मोनको कारण मांशपेसी र हड्डीको बृद्धि हुने गर्छ । खासगरी किशोरवयमा शरीरको उचाई तिब्र रुपमा बढ्छ । अक्सर २१ बर्षसम्म मात्र उचाई बढ्ने गर्छ । यहि समयमा हो, पोषणयुक्त खानपान र उचित किसिमको जीवनशैली अपनाउने । उचाई बढाउनमा यसले सहयोगी भूमिका खेल्छ ।

    १. सन्तुलित खानपान

    हाम्रो शरीरको सम्पूर्ण विकासका लागि सन्तुलित खानपान आवश्यक हुन्छ । हरियो सब्जी, फल र प्रोटीन, कार्बोहाइड्रेटले भरपुर खाना सन्तुलित मात्रामा लिनुपर्छ । उचाई बढाउनका लागि हाम्रो शरीरमा ग्रोथ हर्मोन्सको स्राव हुन्छ । सबै किसिमको भिटामिन, प्रोटीन र बोसोयुक्त डाइट लिनाले यस्तो ग्रोथ हर्मोन निर्माण हुन्छ । सब्जीमा सलगम, पालुङ्गो, गोभी, गाजर, ब्रोकाउली खानाले उचाई बढाउन फाइदा गर्छ ।

    २. मस्त निदाउने

    सायद तपाईलाई थाहा नहुन सक्छ, सुतेको बेला पनि उचाईमा बृद्धि हुन्छ । एक अध्ययन अनुसार सुतेको बखत बच्चाको उचाई सबैभन्दा बढी बढ्छ । जब हामी सुत्छौ, मन एकदम शान्त हुन्छ । हाम्रो मन शान्त भएपछि हामीले गहिरो निन्द्रा लिन्छौ । यतिबेला शरीरमा ह्युमन ग्रोथ हर्मोन अधिक मात्रामा स्राव हुन्छ । त्यसैले यो उमेरमा कम्तिमा ८ देखि ९ घण्टा मस्त निदाउनु पर्छ ।

    ३. दुध र सोयाबीन

    दुधमा केहि किसिममा लाभकारी पोषक तत्व भरपुर हुन्छ । खासगरी दुधमा क्याल्सियम पाइन्छ, यसले हड्डी बढाउने काम गर्छ । यसका साथै दुधमा भिटामिन ए र प्रोटिन मिल्छ, जसले हाम्रो सम्पूर्ण विकास हुन्छ । नियमित दुई/तीन गिलास दुध पिउनुपर्छ । यसका साथै सोयाबीन, पनिर र दही पनि सेवन गर्नुपर्छ ।

    ४. घाम ताप्ने

    घामको किरणबाट हामीलाई भिटामिन-डी मिल्छ । बिहानको समयमा, जतिबेला घाम रापिलो भएको हुँदैन त्यसबेला पैदल हिँड्ने गर्नुपर्छ । यसले हड्डी बलियो हुन्छ र लम्बाई पनि बढ्छ । भिटामिन डीयुक्त दुध, माछा, अन्डा, पनिर पनि सेवन गर्नुपर्छ ।

    ५. घरेलु उपाय

    उचाई बढाउनका लागि अश्वगन्धाले प्रभावकारी काम गर्छ । नियमित रुपमा दुई चम्चा अश्वगन्धा चुर्ण एक गिलास दुधमा मिलाएर पिउनुपर्छ ।

    कस्तो व्यायाम वा योगाले उचाई

    उचाई बढाउनका लागि व्यायाम पनि उत्तिकै आवश्यक हुन्छ । उचाई बढाउनको लागि तिब्र गतिमा कुद्नु राम्रो विधी हो । प्राकृतिक रुपमा उचाई बढाउनका लागि योग पनि फाइदाजनक हुन्छ । सूर्य नमस्कार जस्ता योगले ग्रोथ हर्मोन्स स्राव हुन्छ ।

     

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १६:५७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij