२०८२ कार्तिक १३ गते बिहिवार
काठमाडौं । सरकार, राजनीतिक दल र जेनजीबिच तय भएको त्रिपक्षी संवादमा जेनजी प्रतिनिधि १३ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण गर्न सरकारले आज पहिलोपटक राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग वार्ता तय गरेको हो । त्रिपक्षीय छलफलका लागि जेनजी प्रतिनिधि र दलका नेताहरूलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो ।
जेनजी प्रतिनिधिहरू :
मोनिका निरौला
रक्षा बम
पुरुषोत्तम यादव
सामना लावती
खेमराज साउँद
उपअर्जुन चाम्लिङ
भोजविक्रम थापा
मिराज ढुंगाना
विवेक दाहाल
जेम्स कार्की
रेहनराज डंगोल
अमित खनाल
रिजन रानामगर
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij