२०८२ कार्तिक १३ गते बिहिवार
 
                                                    काठमाडौं । पाल्पाको रैनादेवी छहरामा भएको भ्यान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मुझुङका अनुसार सदरमुकाम तानसेनदेखि करिब २० किलोमिटर पश्चिमतर्फ पर्ने रैनादेवी छहरा गाउँपालिका-४, पिपलभञ्ज्याङमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा परि चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij