Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी


  • 463
    Shares

    सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी
    images

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् । उनले  भने, ‘अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण ‘एजेन्डा’ भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको छ ।’

    रुपन्देहीको भैरहवामा आयोजित वर्तमान जटिल राजनीतिक परिदृश्यको निकास एवं व्यवस्थापनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा  वरिष्ठ अधिवक्ता त्रिपाठीले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुनुपर्नेमा जोड दिए ।

    ‘आमनागरिक र मतदाताको मतदान केन्द्रमा पहुँच सुनिश्चित हुनुपर्छ, ढुक्क भएर मतदान गर्ने वातावरण बन्नुपर्छ’, उनले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाउन केही आधारभूत कुराहरू गर्न जरुरी छ ।’ उनले पहिलो कुरा भनेकै जनतालाई पत्यार लाग्ने गरी सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए ।

    ‘विगतका सरकारहरू जतिसुकै निर्वाचनबाट आएको भनिए पनि जनताको चाहनाअनुसार काम भइरहेको थिएन’, उनले भने, ‘जनताले सुशासन, विकास, समृद्धिका लागि मत दिएका थिए । तर मुलुकमा जनताको ‘म्याण्डेट’ नै अपहरित गरियो ।’

    वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेको जेनजी आन्दोलनका क्रममा प्राप्त भएका उपलब्धिहरूलाई केही सक्रिय तत्त्वले विलिन गर्न चाहेको बताए । उनले अदालतमा केही फाइल जल्दैमा अपराधीले उन्मुक्ति नपाउने स्पष्ट पारे । 

    ‘जति नै फाइल जले पनि उनीहरूले उन्मुक्ति पाउँदैनन्, त्यो फाइल कहीँ न कहीँ छ, हामी वकिलहरूसँग छ’, उनले भने– ‘सरकारवादी मुद्दाको फाइल सरकारी वकिलसँग छ, अर्को निकायमा होला नि, सर्वोच्च अदालतमा मुद्दा छ भने त्यसको केही फाइल जिल्ला, उच्च अदालतमा होला नि ?’ 

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १३:०९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij