२०८२ कार्तिक १५ गते शनिवार
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको आइपीओ आज बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा श्रीनगर एग्रीटेकको आइपीओ बाँडफाँट भएको हो। आइपीओ बाँडफाँट कार्यक्रम बिहान साढे १० बजे राखिएको थियो।
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता आइपीओ निष्कासन गरेको थियो। यो आइपीओमा १८ लाख ९८ हजार ३३३ आवेदकबाट कुल २ करोड ५ लाख ६८ हजार २१० कित्ता माग भएको छ।
कुल मागमध्ये १८ लाख ६९ हजार ३३० आवेदकबाट माग भएको कुल २ करोड २ लाख ५० हजार ५१० कित्ता सदर भएको छ भने २६ हजार ६३६ आवेदकबाट माग भएको ३ लाख १७ हजार ७०० कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्राथबाट बाँडफाँट गरिएको छ। जसमा सदर आवेदकमध्ये २ लाख ५१ हजार ४९ जनाले १० कित्ता दरले शेयर पाएका छन् । भाग्यमानीमध्ये थप ३ जनाले १-१ कित्ताका दर शेयर पाएका छन् भने सदर आवेदकमध्ये १६ लाख १८ हजार २८१ आवेदकबाट हात खाली भएको छ।
यो आइपीओको नतिजा केहीबेरमा सार्वजनिक हुने भएको छ। नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयर र सीडीएससीको iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij